
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतका आज तीन समितिको बैठक बस्दैछ । सोमबार अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति र कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्ने भएको हो ।
अर्थ समितिको बैठकमा आगामी आ.व. को बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक बिहान ११ बजे बस्दै छ । यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठकमा मुस्लिम आयोगको आ.व. २०८०÷८१ को वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक दिनको ३ बजे बस्नेछ ।
यस्तै, कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान १० बजे बस्ने छ । बैठकमा मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने मानिसहरूको मानव अधिकारको अवस्था सम्बन्धमा स्थलगत अनुगमनबारे छलफल गर्ने कार्यसूची रहेको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २४ चैत्र २०८१, सोमबार ०८:३५
चीनलाई थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी

राप्रपाले आज जनसभा गर्दै

रविलाई अदालत उपस्थित गराइँदै, आजै थुनामा पठाइने

अन्तर्राष्ट्रिय खेलकुद विकास तथा शान्ति दिवस स्वयम्भूमा दीप प्रज्वलन कार्यक्रमद्वारा मनाइयो

अन्नपूर्ण आरसीटीमा नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण

प्रदूषण हट्ने गरी बिहीवार पानी पर्ने सम्भावना
