संखुवासभा, संखुवासभाको धर्मदेवी नगरपालिका– ४ तिरतिरेमा एक घरमा आगलागी हुँदा आठ लाख रुपैयाँबराबरको क्षति भएको छ।
आज आइतबार दिउँसो ३ बजेतिर स्थानीय कुमारी रोक्काको ढुंगामाटोले बनेको फुसको छाना भएको दुईतले घर आगो लागेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। आगोलागीको कारण खुलेको छैन।
करिब दुई घण्टापछि स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रण गरिएको थियो। आगलागीबाट घरभित्र रहेको नगद रु। १६ हजार, अन्नपात, भाँडावर्तन, लत्ताकपडा, महत्त्वपूर्ण कागजात सबै जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।आगलागीबाट मानवीय तथा पशुचौपायाको भने क्षति नभएको प्रहरीको भनाइ छ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-04-06
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
