
संखुवासभा, संखुवासभाको धर्मदेवी नगरपालिका– ४ तिरतिरेमा एक घरमा आगलागी हुँदा आठ लाख रुपैयाँबराबरको क्षति भएको छ।
आज आइतबार दिउँसो ३ बजेतिर स्थानीय कुमारी रोक्काको ढुंगामाटोले बनेको फुसको छाना भएको दुईतले घर आगो लागेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। आगोलागीको कारण खुलेको छैन।
करिब दुई घण्टापछि स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रण गरिएको थियो। आगलागीबाट घरभित्र रहेको नगद रु। १६ हजार, अन्नपात, भाँडावर्तन, लत्ताकपडा, महत्त्वपूर्ण कागजात सबै जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।आगलागीबाट मानवीय तथा पशुचौपायाको भने क्षति नभएको प्रहरीको भनाइ छ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २३ चैत्र २०८१, आईतवार २२:०८
नेपाल प्रहरीका ७५ सई वरिष्ठ सईमा बढुवा (सूचीसहित)

च्याम्पियन्स लिगः आर्सनल र इन्टरमिलान सेमिफाइनलमा, रियल म्याड्रिड बाहिरियो

अमेरिकाले चीनमा लगायो २४५ प्रतिशत प्रतिशोधात्मक कर

चार ठेकेदार कम्पनी कालोसूचीमा

दि हिडन ट्रेजरद्वारा आयोजित ‘डिजाइनर अफ द इयर’को उपाधि सविना र शिरिषालाई

यस्ता छन् मन्त्रिपरिषद् बैठकका २० निर्णय (सूचीसहित)
