
अर्घाखाँची । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मालारानी गाउँपालिका–३ ढुंङ्गाडेस्थित लुटीपोखरी–खनदह भित्री सडकखण्डमा लु २ च २९९० नम्बरको जिप दुर्घटना हो ।
दुर्घटनामा दिलिप खनाल र बालकृष्ण रिजालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । खनदहतर्फ गइरहेको जिप आज बिहान साढे ३ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएकोमा बिहान चिकित्सकले मृत घोषणा गरेको थियो । अन्य २ जना घाइतेलाई थप उपचारका लागि बुटवल पठाइएको छ । जिप सडकबाट करिब २०० मिटर तल खसेको थियो ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २३ चैत्र २०८१, आईतवार ०८:३५
चीनलाई १०४ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

सेनिटरी प्याडमा भ्रष्टाचारः अधिकृतलगायतका अधिकारीविरुद्ध मुद्दा दायर

अछाममा आगलागी हुँदा ७ करोड रुपैयाँको क्षति

आजदेखि दाउन्नेमा दैनिक ६ घण्टासम्म सडक बन्द हुने

आज शिक्षक, राप्रपा, सहकारी पीडितको आन्दोलन

बजेटका लागि सुझाव संकलन: नीतिगत सुधारमा निजी क्षेत्रको जोड
