काठमाण्डौ । गएको चैत १५ गते राजावादीको प्रदर्शनका क्रममा कोटेश्वरमा रहेको भाटभटेनी सुपर स्टोर लुट्न पुगेकाहरूसँग एक्लै प्रतिकार गरेका सुरक्षाकर्मी दुलप्रसाद पराजुली सम्मानित भएका छन् ।
पराजुलीलाई बुधबार एक कार्यक्रमकाबीच भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले नगद पाँच लाख एक हजार एक सय ११ रुपैयाँसहित सम्मान गर्नुभएको हो । उनले नगद पुरस्कारसहित एक फुली र पाँच ग्रेडको बढुवा पनि पाएका छन् ।
पराजुली २२ वर्षदेखि भाटभटेनीमा कार्यरत छन् । गएको १५ गते भाटभटेनी लुट्न पुगेकाहरूमाथि उनले लाठी प्रहार गर्दै लखेटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । यस्तै कार्यक्रममा अन्य कर्मचारीहरूले पुरस्कार र सम्मान पाएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-04-03
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
