
काठमाण्डौ । गएको चैत १५ गते राजावादीको प्रदर्शनका क्रममा कोटेश्वरमा रहेको भाटभटेनी सुपर स्टोर लुट्न पुगेकाहरूसँग एक्लै प्रतिकार गरेका सुरक्षाकर्मी दुलप्रसाद पराजुली सम्मानित भएका छन् ।
पराजुलीलाई बुधबार एक कार्यक्रमकाबीच भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले नगद पाँच लाख एक हजार एक सय ११ रुपैयाँसहित सम्मान गर्नुभएको हो । उनले नगद पुरस्कारसहित एक फुली र पाँच ग्रेडको बढुवा पनि पाएका छन् ।
पराजुली २२ वर्षदेखि भाटभटेनीमा कार्यरत छन् । गएको १५ गते भाटभटेनी लुट्न पुगेकाहरूमाथि उनले लाठी प्रहार गर्दै लखेटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । यस्तै कार्यक्रममा अन्य कर्मचारीहरूले पुरस्कार र सम्मान पाएका छन् ।
Sudina Shrestha
प्रकाशित: २० चैत्र २०८१, बिहीबार ०९:४२
बागमतीमा तीन मन्त्री नियुक्त

जन्मदर बढाउन चीनले अब तीन बच्चाहरूको लागि १५०० डलरसम्म दिने

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

भोटेकोशीमा फेरी बाढी, रसुवामा उच्च सतर्कता

२०८२ साउन १४ गते बुधबार: आजको राशिफल

रुसी तटमा ८.८ रिक्टरको शक्तिशाली भूकम्प, जापान र अमेरिकासहितका देशमा सुनामीको चेतावनी
