
धादिङ, पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका– १ खैरघारीमा कार र ट्रक एकआपसमा ठक्कर खाँदा पाँचजना घाइते भएका छन्।
काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बि।एडी १३७७ नम्बरको कार र विपरित दिशाबाट आउँदै गरेको म।प्र।०३–००२ ख १७३३ नम्बरको ट्रक एकापसमा ठोक्किँदा पाँचजना घाइते भएका जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिए।
दुर्घटनामा घाइते भएका नवलपरासी देवचुली गाउँपालिका– ३ का ३६ वर्षीय प्रदिप न्यौपाने, १० वर्षीय प्रक्षेप न्यौपाने र पाल्पा बगनासकाली गाउँपालिका–२ का २९ वर्षीय रामहरि गैरेलाई काठमाडौं रेफर गरिएको छ। काभ्रेपलाञ्चोक पनौति नगरपालिका– ८ का २७ वर्षीय सुवोद बञ्जारा र कञ्चनपुर पुनर्वास नगरपालिका– ८ का ३३ वर्षीय मुनिराज उपाध्यायको सिम्लेस्थित राजु मेडिकलमा उपचार भइरहेको छ।
ओभार स्पिडका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको प्रहरी नायव उपरिक्षक हमालले बताए। दुवै सवारी र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उनले जानकारी दिए।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १९ चैत्र २०८१, बुधबार २२:४०
अमेरिकामा एकै परिवारका चार नेपाली मृत भेटिए

‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ नबिल बैंकलाई

भारतबाट फर्केका सुदूरपश्चिमका पाँचजनामा कोरोना संक्रमण

Armyworm outbreak damages maize crops in Ramechhap

अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा
