
काठमाडौँ , जारी आईपीएलको १० औं खेलमा दिल्ली क्यापिटल्सले लगातार दोस्रो जित हात पारेको छ । आइतबारको पहिलो खेलमा दिल्लीले हैदरावादलाई ७ विकेटले पराजित गरेको हो ।
विशाखापट्टनममा दिल्लीले १६ ओभरमा ३ विकेट गुमाएर १६४ रनको लक्ष्य पूरा गर्यो । ओपनर फाफ डु प्लेसिसले ५० रनको इनिङ खेले । ज्याक फाजर मगर्कले ३८ रनको योगदान दिए । दुवैले ८१ रनको ओपनिङ पार्टनरसिप गरे ।
केएल राहुलले १५ रन बनाए । अभिषेक पोरेल ३४ रन बनाएर अविजित र ट्रिस्टन स्टब्स २१ रन बनाएर अविजित फर्किए । जिसान अन्सारीले ३ विकेट लिए ।
टस जितेर ब्याटिङ रोजेको हैदरावाद १८।४ ओभरमा १६३ रनमा अलआउट भएको थियो। अनिकेत वर्माले ४१ बलमा ६ छक्का प्रहार गर्दै ७४ रन बनाएका थिए भने ।
आज दिल्लीका मिचेल स्टार्कले ५ विकेट लिए भने कुलदीप यादवले ३ विकेट लिएका थिए । तीन खेल खेलेको सनराइजर्सको भने यो दोस्रो हार हो।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १६ चैत्र २०८१, आईतवार २१:२०
बसन्तपुर दरबार स्क्वायरमा मल्लकालीन “नौं तल्ले दरबार” सार्वजनिक अवलोकनका लागि खुला

विश्वव्यापी तापक्रम वृद्धि १.५ प्रतिशत डिग्रीमा सीमित राख्दा पनि तटीय क्षेत्र खतरामा

बिकास श्रेष्ठको उपचारका लागि आर्थिक सहयोगको अपिल

नागढुङ्गा–नौबिसे सडकखण्ड दिउँसो साढे ४ घण्टा बन्द गरिने

राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त

कोभिडका कारण भारतमा दुईको मृत्यु
