काठमाडौँ , जारी आईपीएलको १० औं खेलमा दिल्ली क्यापिटल्सले लगातार दोस्रो जित हात पारेको छ । आइतबारको पहिलो खेलमा दिल्लीले हैदरावादलाई ७ विकेटले पराजित गरेको हो ।
विशाखापट्टनममा दिल्लीले १६ ओभरमा ३ विकेट गुमाएर १६४ रनको लक्ष्य पूरा गर्यो । ओपनर फाफ डु प्लेसिसले ५० रनको इनिङ खेले । ज्याक फाजर मगर्कले ३८ रनको योगदान दिए । दुवैले ८१ रनको ओपनिङ पार्टनरसिप गरे ।
केएल राहुलले १५ रन बनाए । अभिषेक पोरेल ३४ रन बनाएर अविजित र ट्रिस्टन स्टब्स २१ रन बनाएर अविजित फर्किए । जिसान अन्सारीले ३ विकेट लिए ।
टस जितेर ब्याटिङ रोजेको हैदरावाद १८।४ ओभरमा १६३ रनमा अलआउट भएको थियो। अनिकेत वर्माले ४१ बलमा ६ छक्का प्रहार गर्दै ७४ रन बनाएका थिए भने ।
आज दिल्लीका मिचेल स्टार्कले ५ विकेट लिए भने कुलदीप यादवले ३ विकेट लिएका थिए । तीन खेल खेलेको सनराइजर्सको भने यो दोस्रो हार हो।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-30
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
