
काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ः०० बजेबाट सुरु हुनेछ । दुई दिनदेखि संसद बैठक अवरुद्ध छ । आजको बैठकमा अर्थ, गृह, भौतिक पूर्वाधार तथा यातायात र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।
यस्तै ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने भएको छ ।सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले जलस्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेश गर्ने छन् ।
साथै, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१’ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोध भएपछि बैठक बुधवारदेखि अवरोध हुँदै आएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १४ चैत्र २०८१, शुक्रबार ०९:५२
बिर्तामोड सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा

सुरुवातबाटै पर्यटक आगमन अघिल्लो वर्षको तुलनामा घटदो

Body of Maharjan, killed in Tinkune protest, handed over to family

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डमा

राष्ट्रिय सभाबाट पारित भयो ५ वटा विधेयक

तीनकुने घटनामा संलग्न जोसुकै भए पनि कारबाही हुन्छ : प्रधानमन्त्री ओली
