हेटौंडा । उपमहानगरपालिका–१ चौकीटोलमा खुकुरी प्रहारबाट ३५ वर्षीया महिलाको हत्या भएको छ । उनलाई आफ्नै देवरले धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार बुधबार ९ चौकीटोल घर भएकी गुडिया दास घरको दोस्रो तलामा मृत भेटिएकी थिइन् । घटनामा संलग्न रहेको आरोपमा उनका कान्छा देवर २३ वर्षीय राहुल भनिने रमेश दासलाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई हातमा खुकुरी बोकेकै अवस्थामा पक्राउ गरेको हो । राहुलले आफ्नो माइलो दाजु २८ वर्षीय रुपेश दासलाई पनि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएकोे प्रहरीले जनाएको छ । घाइते रूपेशको टाउको, दाहिने हात, करङको भागमा चोट लागेको अर्यालले बताए ।
उनको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ । राहुलले भाउजुको हत्या र दाइ रूपेशमाथि खुकुरी प्रहार गरेको स्वीकार गरेको डिएसपी अर्यालले जानकारी दिए । घटना घरायसी विवादका कारण हुन पुगेको बताइएपनि प्रहरीले स्पष्ट कारण नखुलेको बताएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-27
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
