
हेटौंडा । उपमहानगरपालिका–१ चौकीटोलमा खुकुरी प्रहारबाट ३५ वर्षीया महिलाको हत्या भएको छ । उनलाई आफ्नै देवरले धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार बुधबार ९ चौकीटोल घर भएकी गुडिया दास घरको दोस्रो तलामा मृत भेटिएकी थिइन् । घटनामा संलग्न रहेको आरोपमा उनका कान्छा देवर २३ वर्षीय राहुल भनिने रमेश दासलाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई हातमा खुकुरी बोकेकै अवस्थामा पक्राउ गरेको हो । राहुलले आफ्नो माइलो दाजु २८ वर्षीय रुपेश दासलाई पनि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएकोे प्रहरीले जनाएको छ । घाइते रूपेशको टाउको, दाहिने हात, करङको भागमा चोट लागेको अर्यालले बताए ।
उनको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ । राहुलले भाउजुको हत्या र दाइ रूपेशमाथि खुकुरी प्रहार गरेको स्वीकार गरेको डिएसपी अर्यालले जानकारी दिए । घटना घरायसी विवादका कारण हुन पुगेको बताइएपनि प्रहरीले स्पष्ट कारण नखुलेको बताएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १३ चैत्र २०८१, बिहीबार ०८:५९
कर्णाली विकास बैंकको रमक हिनामिना आरोपमा संस्थापक अध्यक्ष राय पक्राउ

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

थाइल्याण्डकी ओपललाई मिस वर्ल्ड २०२५ को उपाधि

पीएसजीलाई पहिलो पटक च्याम्पियन्स लिगको उपाधि

‘धुम्रपानरहित दिवश’को अवसरमा एनसीएनपी र केसीसीको संयुक्त आयोजनामा प्रभातफेरी (फोटो फिचरसहित)

मधु क्षेत्रीद्वारा निःशुल्क विद्यालय पोशाक वितरण
