एजेन्सी । साउदी अरेबियामा तीन दिनको शान्ति वार्तापछि रूस र युक्रेनले अमेरिकासँग विभिन्न सम्झौता गर्दै ब्ल्याक सीमा युद्धविराम गर्ने सहमति गरेका छन् । रुस र युक्रेन वाणिज्य व्यापारलाई सुरक्षित गर्न तथा उर्जा क्षेत्रमा सैन्य आक्रमण रोक्न सहमत भएका हुन् ।
तीन वर्षभन्दा लामो समयदेखि रुस र युक्रेनबीच भइरहेको युद्ध ३० दिनसम्म रोक्ने सहमति भएको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कूटनीतिक पहलको प्रतिफल मानिएको ह्वाइट हाउसले दाबी गरेको छ ।
यद्यपि रुसले युद्ध विराम लागू हुनु पहिले अमेरिकाले आफूलाई कृषि र मल निर्यातका लागि विश्वबजारमा पुनः पहुँच पुर्याउन मद्दत गर्नुपर्ने सर्त राखेको छ । यस्तै बैंक, बीमा कम्पनी र खाद्य निर्यातकर्तामाथि लागेको केही प्रतिबन्ध पनि हटाइनु पर्ने बताएको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने दुई देशबीच युद्धविराम गर्न सहमत भए पनि रुसले शर्तहरुबारे झुठ बोलिरहेको आरोप लगाउनुभएको छ । रुसले युद्धविराम कार्यान्वयन गर्नेमा जेलेन्स्की अझै सशंकित रहनुभएको खबरमा उल्लेख छ । युद्धविरामको कार्यान्वयन र त्यसको निगरानी कसरी गरिन्छ भन्ने पनि स्पष्ट भइसकेको छैन ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-26
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
