काठमाण्डौ । एएफसी एशियन कप-२०२७ को छनोट अन्तर्गत मंगलबार भएको खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोरबारूमा रहेको सुल्तान इब्राहिम रङ्गशालामा नेपाल २-० ले पराजित भएको हो ।
नेपालले यससँगै छनोटको तेस्रो चरण हारबाट शुरुआत गरेको छ । समूह एफमा नेपाल र मलेसियासँगै भिएतनाम र लाओस पनि छन् । अर्को खेलमा भिएतनामले लाओसलाई ५–० गोलले हराएको छ ।
अब जुनमा हुने छनोट खेलमा नेपालले लाओससँग र अर्को खेलमा भियतनाम र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ । यस पटकको छनोटमा एशियाका २४ टोलीलाई छ समूहमा विभाजित गरिएको छ । होम एण्ड अवे पद्धतीमा खेलाइने छनोटपछि हरेक समूहको शीर्ष टोली एसियन कपमा छनोट हुनेछ ।
नेपाल र मलेसियाबीचको हिजोको खेल नेपालमा हुनुपर्ने भए पनि एशियाली फुटबल महासङ्घले दशरथ रङ्गशालालाई मान्यता नदिएपछि खेल मलेसियामा भएको हो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-26
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
