काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकामा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेट भएको छ ।
महासभामा भाग लिन पुगेका विभिन्न देशका प्रतिनिधिहरूको सम्मानमा बाइडेनले दिएको रात्रिभोजका क्रममा प्रचण्ड र बाइडेनबीच भेट भएको हो ।
प्रधानमन्त्री प्रचण्डको सचिवालयले दुई नेताबीच भेटवार्ता भएको तस्बिर सार्वजनिक गरेको छ । भेटपछि प्रधानमन्त्री प्रचण्डले न्यानो आतिथ्यताका लागि बाइडेन दम्पतीलाई आभार तथा धन्यवाद व्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्ड २३ सेप्टेम्बरमा अमेरिकाबाट चीन भ्रमणमा जाँदैछन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2023-09-22
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
