
सुर्खेत, कर्णाली प्रदेशमा मंगलबार छुट्टाछुट्टै तीन वटा गाडी दुर्घटनामा १४ जना घाइते भएका छन् । एउटा ट्रक र एउटा विद्युतीय सवारी साधन दैलेखमा दुर्घटना भएका छन् भने कालिकोटमा बोलेरो गाडी दुर्घटना भएको छ ।
प्रहरीका अनुसार मंगलबार बेलुका ६ बजेतिर सुर्खेतबाट कालिकोट नरहरीनाथ गाउँपालिका–४ कुमालगाउँ भन्ने ठाउँतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००२ च ०७०७ नम्बरको बोलेरो गाडी सोही ठाउँको डाडामाडुमा दुर्घटना भएको छ । उक्त दुर्घटनामा ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले रातोपाटीलाई जानकारी दिए ।
‘घाइतेहरूको अवस्था सबैको सामान्य नै छ,’ उनले भने, ‘गाडी ब्याक गर्ने क्रममा अनियन्त्रित भएर सडकबार २० मिटर तल खसेको छ ।’दैलेख प्रहरीका अनुसार मध्यपहाडी राजमार्ग अन्तर्गत भैरवी गाउँपालिका(२ रावतकोटमा विद्युतीय गाडी दुर्घटना भएको छ ।दैलेख सदरमुकामदेखि पश्चिमको आठबिस नगरपालिकातिर जाँदे गरेको कर्णाली प्रदेश ०२००१ ज ०६२१ नम्बरको उक्त विद्युतीय गाडी तीव्र गतिका कारण दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख सुनिल दाहालले रातोपाटीलाई बताए ।
अपरान्ह भएको उक्त दुर्घटनामा ४ जना घाइते भएका छन् । घाइते हुनेमा ठाटीकाँध र आठबिसका छन् ।घाइतेमध्ये तीन जनाको जिल्ला अस्पताल दैलेखमा उपचारपश्चात् डिस्चार्ज भइसके भने एक जना गम्भीर घाइतेलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको छ । गाडी चालक फरार रहेका छन् भने गाडी सडकबाट करिब १५ मिटर तल खसेको छ ।
यस्तै दैलेखको पादुकामा मंगलबार बिहान भएको ट्रक दुर्घटनामा दुई जना घाइते भएको उनले बताए । ‘उनीहरूको अवस्था सामान्य छ,’ उनले भने ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ११ चैत्र २०८१, मंगलवार १९:५५
बिर्तामोड सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा

सुरुवातबाटै पर्यटक आगमन अघिल्लो वर्षको तुलनामा घटदो

Body of Maharjan, killed in Tinkune protest, handed over to family

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डमा

राष्ट्रिय सभाबाट पारित भयो ५ वटा विधेयक

तीनकुने घटनामा संलग्न जोसुकै भए पनि कारबाही हुन्छ : प्रधानमन्त्री ओली
