काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको राजधानी बैंकक जाने भएका छन् । थाइल्याण्डको बैंककमा हुने बिमस्टेकको छैटौं सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेका हुन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको थाइल्याण्ड भ्रमण स्वीकृत गरेको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए ।
ती मन्त्रीका अनुसार प्रधानमन्त्री ओली आगामी चैत १९ गते त्यसतर्फ प्रस्थान गर्नेछन् ।थाइल्याण्डले चैत २० देखि २२ गतेसम्म बिमस्टेक सम्मेलन आयोजना गर्दैछ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-24
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
