
काठमाडौं, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले राज्यले स्वास्थ्यमा गरेको चार प्रतिशत लगानी पनि घट्ने खतरा रहेको बताएका छन् । आज सोमबार काठमाडौंमा आयोजित चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको कार्यक्रममा बोल्दै उनले राज्यले पूर्ण रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सक्ने स्थिति नरहेकाले नागरिक योगदानमा आधारित बीमा प्रणालीको विकास आवश्यक रहेको बताएका हुन् ।
उनले भने, ‘राज्यले ४ प्रतिशतको हाराहारीमा हुँदै गर्दा यो कुनै पनि मापदण्डमा आधारित छैन् । तर अवस्था कस्तो छ भने यही ४ प्रतिशत पनि घट्ने हो कि भन्ने खतरा छ । त्यसैले राज्यले पूर्ण रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सक्ने स्थिति छैन भने नागरिक योगदानमा आधारित बीमा प्रणालीको विकास गरौं ।’ त्यस्तै उनले स्वास्थ्य क्षेत्रमा व्यापक विकास भएको भएतापनि पहुँच पुग्नेगरी विकास नभएको भन्दै वास्थ्य क्षेत्रमा पहुँच पुग्नेगरी विकास गर्नका निम्ति विद्यमान स्थितिलाई बदल्न आवश्यक रहेको बताए ।
उनले भने, ‘स्वास्थ्य क्षेत्रमा विकास नभएको होईन व्यापक विकास भएको छ । तर पहुँच पुग्नेगरी विकास भएको छैन् । पहुँच पुुग्नेगरी विकास भएन भने त्यसलाई विकास मानिदैन । त्यसैले हामीले स्वास्थ्य क्षेत्रमा पहुँच पुग्नेगरी विकास गर्नका निम्ति विद्यमान स्थितिलाई बदल्न सक्नुपर्छ ।’ त्यस्तै मन्त्री पौडेलले राज्यले आम्दानी गर्ने सबै क्षेत्रबाट थोरै भएपनि बीमामा योगदान पुग्ने स्थिति बनाउन आग्रह गरे ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १० चैत्र २०८१, सोमबार २२:२२
पीएसजीलाई पहिलो पटक च्याम्पियन्स लिगको उपाधि

‘धुम्रपानरहित दिवश’को अवसरमा एनसीएनपी र केसीसीको संयुक्त आयोजनामा प्रभातफेरी (फोटो फिचरसहित)

मधु क्षेत्रीद्वारा निःशुल्क विद्यालय पोशाक वितरण

स्विट्जरल्यान्डमा हिमनदी फुट्दा ब्लाटन गाउँको ९० प्रतिशत भाग पुरियो

बजेटमार्फत् के-के भयो करमा हेरफेर ?

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सार्वजनिक, कुन मन्त्रालयलाई कति बजेट ?
