
सल्यान, सल्यानमा सोमबार बिहान भएको जिप दुर्घटनाका घाइतेमध्ये दुईजनालाई उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ। शारदा नगरपालिका–११ का १० वर्षीय अनुपम बुढाथोकी र कुमाख गाउँपालिका–३ का ५० वर्षका परवीर रावतलाई रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
धेरै चोट लागेका दुवैलाई जिल्लाको शारदा नगरपालिका–१, श्रीनगरस्थित शारदा मेट्रो अस्पतालबाट थप उपचारका लागि नेपालगन्ज रिफर गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले बताए। उनका अनुसार बुढाथोकीको टाउको, खुट्टा र ढाडमा चोट लागेको छ भने रावतको खुट्टा भाँच्चिनुका साथै शरीरका विभिन्न भागमा चोट लागेको छ।
कुमाखको तिमिलेबाट श्रीनगर आउँदै गरेको भे१ज १२१४ नम्बरको जिप सिद्धकुमाख गाउँपालिका–३ फलाटेनजिकैको गतियानामा दुर्घटना परेको थियो। चालकसहित १८ जना सवार जिपमा चालकबाहेक १७ जना सबै घाइते भएका थिए। ब्रेक फेल भएर भित्तामा ठोक्किँदा जिप सडकमै पल्टिएको थियो।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १० चैत्र २०८१, सोमबार २२:०५
बिर्तामोड सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा

सुरुवातबाटै पर्यटक आगमन अघिल्लो वर्षको तुलनामा घटदो

Body of Maharjan, killed in Tinkune protest, handed over to family

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डमा

राष्ट्रिय सभाबाट पारित भयो ५ वटा विधेयक

तीनकुने घटनामा संलग्न जोसुकै भए पनि कारबाही हुन्छ : प्रधानमन्त्री ओली
