सल्यान, सल्यानमा सोमबार बिहान भएको जिप दुर्घटनाका घाइतेमध्ये दुईजनालाई उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ। शारदा नगरपालिका–११ का १० वर्षीय अनुपम बुढाथोकी र कुमाख गाउँपालिका–३ का ५० वर्षका परवीर रावतलाई रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
धेरै चोट लागेका दुवैलाई जिल्लाको शारदा नगरपालिका–१, श्रीनगरस्थित शारदा मेट्रो अस्पतालबाट थप उपचारका लागि नेपालगन्ज रिफर गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले बताए। उनका अनुसार बुढाथोकीको टाउको, खुट्टा र ढाडमा चोट लागेको छ भने रावतको खुट्टा भाँच्चिनुका साथै शरीरका विभिन्न भागमा चोट लागेको छ।
कुमाखको तिमिलेबाट श्रीनगर आउँदै गरेको भे१ज १२१४ नम्बरको जिप सिद्धकुमाख गाउँपालिका–३ फलाटेनजिकैको गतियानामा दुर्घटना परेको थियो। चालकसहित १८ जना सवार जिपमा चालकबाहेक १७ जना सबै घाइते भएका थिए। ब्रेक फेल भएर भित्तामा ठोक्किँदा जिप सडकमै पल्टिएको थियो।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-24
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
