सरकारले कुलमानलाई विद्युत प्राधिकरणबाट हटाउने निर्णय


काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ। मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।

रातो चन्द्रसुर्य डेस्क

प्रकाशित: १० चैत्र २०८१, सोमबार २०:४८