ललितपुर । ललितपुर महानगरपालिका वडा नं ६, सिन्चाहिटीमा मेलम्ची खानेपानी पाइपलाइनबाट सेनेटरी न्याप्किन निस्किएको घटनाले स्थानीय बासिन्दामा आक्रोश बढाएको छ। धाराबाट पानीको प्रवाह कम भएपछि ठूलो मेसिनको सहायताले दबाउँदा पाइपबाट सेनेटरी न्याप्किन निस्किएको हो।

स्थानीय बासिन्दाहरूले यस घटनालाई गम्भीर लापरबाहीको रूपमा लिएका छन्। उनीहरूका अनुसार, मेलम्ची खानेपानी पाइपलाइनमा यस्ता फोहोर वस्तुहरू हुनु खानेपानीको गुणस्तरमाथि ठूलो प्रश्नचिह्न हो। “खानेपानी पाइपभित्रै यस्ता वस्तुहरू पुग्नु हाम्रा लागि निकै चिन्ताजनक कुरा हो। यो केवल लापरबाही मात्र होइन, हाम्रो स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने विषय हो,” एक स्थानीयले आक्रोश पोखे। स्वच्छ खानेपानी अभावका कारण विभिन्न जलजन्य रोगहरू फैलिन सक्ने खतरा बढेको भन्दै स्थानीय बासिन्दाहरूले सम्बन्धित निकायसँग तत्काल पाइपलाइनको सफाइ र गुणस्तरीय पानी आपूर्तिको माग गरेका छन्।
स्थानीय बासिन्दाहरूले यस घटनाको गहिरो छानबिन गर्न र पाइपलाइनको उचित सफाइ तथा मर्मतसम्भार गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-24
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
