
काठमाडौं, सार्वजनिक खरिद अनुगमन कार्यालयले चार निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । एस.डी. कन्स्ट्रक्सन जनकपुर, अरनिको निर्माण कम्पनी काठमाडौं, मनकामना सप्लायर्स भोजपुर र आर.एस.ए. कन्स्ट्रक्सन काठमाडौंलाई कालो सूचीमा राखिएको हो ।
ओम प्रकाश श्रेष्ठ मुख्य व्यक्ति रहेको अरनिको निर्माण सेवालाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ । यसलाई कालोसूचीमा राख्न संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय अन्तर्गतको सालझुण्डी–सन्धिखर्क–ढोरपाटन सडक योजना अर्घाखाँचीले सिफारिस गरेको थियो ।
यसैगरी रामशरण अधिकारी मुख्य व्यक्ति भएको आर।एस।ए। कन्स्ट्रक्सनलाई डेढ वर्षका लागि कालोसूचीमा राखिएको छ । यसलाई कालोसूचीमा राख्न नुवाकोटको पञ्चकन्या गाउँपालिकाले सिफारिस गरेको थियो ।
यसैगरी जिल्ला समन्वय समिति बाराको सिफारिसमा एस।डी कन्स्ट्रक्सनलाई र भोजपुरको पौवादुङ्मा गाउँपालिकाको सिफारिसमा मनकामना सप्लायर्सलाई एक–एक वर्ष कालोसूचीमा राखिएको छ । एसडी कन्सक्ट्रक्सनका मुख्य व्यक्ति निरज कुमार मिश्र हुन् भने मनकामना सप्लायर्सका मुख्य व्यक्ति गोमा श्रेष्ठ हुन् ।
निर्माणकार्यको जिम्मा लिने तर काम सन्तोषजनक नगर्ने कम्पनीहरुलाई कालोसूचीमा राख्ने गरिन्छ । कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउँदैनन् ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १० चैत्र २०८१, सोमबार ०७:५६
राष्ट्रिय सभाबाट पारित भयो ५ वटा विधेयक

तीनकुने घटनामा संलग्न जोसुकै भए पनि कारबाही हुन्छ : प्रधानमन्त्री ओली

Archaeology held a press conference to announce the return of 21 artefacts

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्दै, यस्ता छन् कार्यसूची

काठमाण्डौको वायु विश्वकै प्रदूषित, विषाक्त ग्यासको मात्रा उच्च

RPP holds torch rally protesting arrest of Mishra and Rana
