
काठमाडौं । राष्ट्रिय युवा संघ काठमाडौं-सप्तरी सम्पर्क मञ्चका अध्यक्ष , र्यापर, सञ्चारकर्मी तथा समाजसेवी शेखर वाग्लेले आफू सबैप्रति माया, सम्मान, र इज्जत राख्ने व्यक्ति भएको बताएका छन्। सप्तरीका स्थायी बासिन्दा वाग्ले हाल काठमाडौंमा कार्यरत छन् र विभिन्न सामाजिक गतिविधिमा संलग्न रहँदै आएका छन्।

प्रधानमन्त्री केपी ओली फुटबल कपका लागि उनले विशेष गीत लेखी गाएका छन्। राजनीतिक व्यक्तित्वहरूसँग जोडिएको प्रसंगमा, उनलाई नेपालका राजा र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबारे सोध्दा वाग्लेले भने, “म भित्रको मनले सबैलाई माया, सम्मान र इज्जत गर्छ सबैको राम्रो होस् , देशबासि खुसि भयको मात्र हेर्न पाउ सदैब, देश १ रगत १ तर जात धर्म र सोच किन अनेक, यो कुरा को अनत्य हुन पर्छ हामि बाट , हामि १ असल मनुस्य को पहिचान दिम , चोटपटक दिने हैन अरुको घाउ को मलम बन्न सकम यति मात्र हो। म र म भित्र को मन ले सबैलाइ सदैब सम्मान माया मात्र गर्न पाम्। नराम्रो मार्ग को अन्त्य र राम्रो गन्तब्य खोजै। फुट्न हैन जुट्न सिकम्।बिछोड हैन मिलन माध्यान दिम। यति गर्न सके देश र हाम्रो अस्तित्व को पहिचान हुन्छ्। रगत को खोला हैन घर घर मा सुद्ध पिउने पानी को लागि मुहान कसरि बनाउन सकिन्छ त्यता तिर ध्यान दिम , त्यति हेर्ने मेरो रहर चाहना हो। म एक सामान्य ब्यतिको यो ठुलो रहर सबैले बुझेर मलाइ नि माया को नजरले हेर्दिनुस है।“

त्यसैगरी, जब उनलाई सोधियो कि तपाईं पनि एक र्यापर, जो केपी ओलीको प्रशंसा गर्दै गीत लेख्नुहुन्छ र गाउनुहुन्छ भने अर्का र्यापर, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, ओली विरुद्ध स्टाटस लेख्छन्, वाग्लेले भने, “केपी ओली बुबाजस्तै हुनुहुन्छ भने बालेन उनका छोराजस्तै , बुबा र छोराबीच कहिलेकाहीं सानातिना गल्तीहरू अपेक्षा गरिन्छन्।”
वाग्लेले संगीतमार्फत सामाजिक तथा राजनीतिक विषयहरू उठाउने प्रयास जारी राख्ने बताएका छन्। उनका अनुसार, संगीत केवल मनोरञ्जनको माध्यम मात्र नभई विचार र भावना अभिव्यक्तिको पनि सशक्त माध्यम हो।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ९ चैत्र २०८१, आईतवार १६:३७
Petroleum imports worth over Rs 16 billion recorded through Kakarbhitta

गाजामा २०० मिडियाकर्मीको मृत्यु : इएफजे

विद्युत्को पोलले लागेर एक जनाको मृत्यु

कार्बाइड हालेर पकाएको आँप बजारमा छ्यापछ्याप्ती, सचेत हुन विज्ञको सुझाव

दुई किशोरबीच फेसबुकमा भनाभनपछि भेट हुँदा कुटाकुट, एक जनाको मृत्यु

रामेछापमा अन्तरजातीय विवाह गर्ने १४ जोडी सम्मानित
