
काठमाडौं । प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन १६ प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । एक महिना भन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेका ती प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो ।
प्रहरी महानिरीक्षकको कार्यालयले सूचना जारी गर्दै दुई जना प्रहरी सहायक निरीक्षक, १२ जना प्रहरी जवान र दुई जना प्रहरी कार्यालय सहयोगी एक महिना भन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेको जानकारी दिएको छ ।
उनीहरूको खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले प्रहरी प्रधान कार्यालयले सात दिन भित्र स्पष्टिकरणसहित सम्पर्कमा आउन निर्देशन दिँदै सूचना जारी गरेको हो । प्रहरी प्रधान कार्यालयले उनीहरूलाई सात दिनभित्र पनि सम्पर्कमा नआए प्रहरी नियमावलीका अनुसार सेवाबाट हटाइने चेतावनी दिएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ९ चैत्र २०८१, आईतवार ०८:४९
ऊर्जा मन्त्रालयका अनुसार भारतले थप ६०० मेगावाट विद्युत् दिने सहमति

अटो आयात र पार्टपुर्जामा चर्को कर लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

काठमाडौं कलेज अफ म्यानेजमेन्ट कलेजको बीबीएको दीक्षान्त कार्यक्रम सम्पन्न

Former Managing Director of the Nepal Electricity Authority Ghising moves to Supreme Court seeking reinstatement

चालु आवको दोस्रो चौमासिकमा पाँच दशमलव एक प्रतिशत आर्थिक वृद्धिदर

अनलाइन जुवा खेलाउने ११ जना भारतीय नागरिक बूढानीलकण्ठबाट पक्राउ
