
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउँदो शनिवार चीन भ्रमणमा जाजे भएका छन् । परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति निकालेर प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणबारे औपचारिक जानकारी गराएको हो ।
चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा हुन लागेको प्रधानमन्त्री प्रचण्डको भ्रमण आउँदो शनिवारदेखि १३ गतेसम्म रहने छ । भ्रमणमा उनकी छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालगायत पनि रहने परराष्ट्रले जनाएको छ ।
प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई हाङ्झाउमा भेट गर्ने कार्यक्रम छ भने समकक्षी प्रधानमन्त्री ली छ्याङसँग भेट गर्नेछ । साथै, प्रधानमन्त्रीले बेइजिङमा रहेको नेपाली दूतावासले संयुक्त रुपमा आयोजना गरेको चीन–नेपाल लगानी सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री प्रचण्ड आउँदो शनिवार हाङ्जाओमा हुने १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनेछन् । अहिले अमेरिकाको भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड त्यतैबाट चीन प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी आउँदो १३ गते स्वदेश फर्किने छन् ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ४ आश्विन २०८०, बिहीबार १४:०५
अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा

विशेष अदालतद्वारा पूर्वसचिवसहित तीन जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

अब युएई जाने नेपाली श्रमिकको तलब न्यूनतम एक हजार दिराम निर्धारण

पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध दुई अभियोगमा भ्रष्टाचार मुद्दा

Petroleum imports worth over Rs 16 billion recorded through Kakarbhitta
