
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखाको गोरखनाथ मन्दिरमा पूजा अर्चना गरेका छन् । शनिबार बिहान १० बजे पूर्वराजा शाह गोरखा दरबारस्थित गोरखनाथ मन्दिरमा पुगेका थिए । त्यहाँ उनलाई मन्दिरका पूजारीहरूले स्वागत गरेका थिए ।

पूर्वराजा शाहले करिब २ घण्टा लगाएर गोरखनाथ र गोरखकाली मन्दिरमा पूजाअर्चना गरे । गोरखनाथको शाहवंशीय राजाहरूको राजपाठ सञ्चालनमा विशेष सम्बन्ध रहेको पाइन्छ । उनकै आशिर्वादले तत्कालीन राजाहरुले युद्ध जितेको बताइन्छ ।

इतिहासहरुमा गोरखनाथको आर्शीवाद र प्रेरणाका कारण द्रव्य शाहले लिगलिगकोटमाथि विजय हासिल गर्न सफल भएको पढ्न पाइन्छ ।
गोरखनाथले दिएको दही पृथ्वीनारायण शाहको खुट्टामा परेको र तिमीले टेकेको भूमि तिम्रो राज्य हुने छ भनी आशीर्वाद दिएका कारण नेपाल एकीकरणमा उनी सफल भएको पनि बताइन्छ ।

यस्तै, पूर्वराजा शाहले मनोकामना मन्दिरको पनि दर्शन गर्ने कार्यक्रम रहेको । पूर्वराजाको संवाद सचिवालयका अनुसार त्यसका निम्ति आजै उनी कुरिनटार जाने भएका छन् । पूर्वराजा गोरखा पुग्दा भव्य स्वागत गरिएको थियो ।
पछिल्लो समय ज्ञानेन्द्र शाहले भेटघाट बढाएका छन् । श्ुक्रबार बिहान गोरखा पुगेका उनले त्यहाँका जनतालाई सम्बोधन समेत गरेका छन् ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ८ चैत्र २०८१, शनिबार १७:०२
कर्णाली विकास बैंकको रमक हिनामिना आरोपमा संस्थापक अध्यक्ष राय पक्राउ

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

थाइल्याण्डकी ओपललाई मिस वर्ल्ड २०२५ को उपाधि

पीएसजीलाई पहिलो पटक च्याम्पियन्स लिगको उपाधि

‘धुम्रपानरहित दिवश’को अवसरमा एनसीएनपी र केसीसीको संयुक्त आयोजनामा प्रभातफेरी (फोटो फिचरसहित)

मधु क्षेत्रीद्वारा निःशुल्क विद्यालय पोशाक वितरण
