२४ सै घन्टा विद्युत् निर्यात गर्न भारतीय पक्षलाई परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको अनुरोध

काठमाडौं, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको विद्युत् अभाव समाधानका लागि २४ सै घन्टा विद्युत् निर्यात गर्न भारतीय पक्षलाई अनुरोध गरेकी छन् ।स्वास्थ्यउपचार तथा राइसिना डायलगमा सहभागी हुन भारत भ्रमणमा गएकी परराष्ट्रमन्त्री देउवाले भारतीय समकक्षी डा। एस जयशंकर तथा अन्य भारतीय अधिकारीसँग यस्तो अनुरोध गरेकी हुन् ।‘नेपाल र भारतबीच रहेको विद्यमान द्विपक्षीय सम्झौता अनुसार नै इन्डियन इनर्जी एक्सचेञ्जमार्फत प्रत्येक दिन हुने ‘पावर ड्र’ को अवधिलाई लामो बनाएर नेपालमा आपूर्ति हुने विद्युत्‌को परिमाणमा वृद्धि गर्न अनुरोध गरेको छु,’ उनले भनिन् ।

आफ्नो अनुरोधलाई भारतीय पक्षले सकारात्मक रुपमा लिएको उनले जानकारी गराएकी छिन् । स्रोतका अनुसार परराष्ट्रमन्त्री देउवाले विगत वर्षहरूमा जस्तै नेपाललाई २४ सै घन्टा विद्युत् निर्यात गर्न आग्रह गरेकोमा भारतमा पनि विद्युत्‌को पिक डिमान्ड अत्यन्तै बढी भएको त्यसो गर्न सम्भव नहोला कि भन्ने भारतीय पक्षले जनाएको थियो ।

यो साल भारतमा पिक डिमान्ड २ साख ७० हजार मेगावाट पुगेको छ, जुन गत वर्ष २ लाख ५० हजार मेगावाट थियो । ‘भारतमा नै ठूलो मात्रामा विद्युत्‌को माग रहेको र त्यहीँ पनि विद्युत् अभाव भइरहेको अवस्थामा २४ सै घन्टा विद्युत् आपूर्ति गर्न सम्भव नहोला कि भनेका छन्,’ स्रोतले अनलाइनखबरसँग भन्यो, ‘तर, १५ मार्चभन्दा अगाडिजस्तो २० घन्टासम्म विद्युत आपूर्ति गर्न सकारात्मक संकेत गरेका छन् ।’

भारतले नेपालको आग्रहलाई सकारात्मक रुपमा लिएको र चाँडै नै थप विद्युत् आई नेपालको विद्युत् अभावको समस्या समाधान हुने अपेक्षा रहेको परराष्ट्रमन्त्री राणाले बताइन् । हाल नेपालले भारतीय इनर्जी एक्सचेञ्ज ९आईईएक्स०मार्फत सबैभन्दा धेरै विद्युत् आयात गरिरहेको छ । सो बजारमा एक दिन अघि ९डे–अहेड० र सोही दिन ९रियल टाइम० मा कायम रहेको दरमा नेपालले विद्युत् आयात गर्ने गरेको छ । यसरी भारतीय खुलाबजारबाट विद्युत् आयात गर्न नेपालले २०७८ मा अनुमति पाएको थियो । पाँच वर्षको यो अनुमति हरेक वर्ष नवीकरण गर्नुपर्ने शर्त छ ।

नेपालले भारतीय एक्सचेन्ज बजारका अतिरिक्त विहार र उत्तर प्रदेश सरकारसँग छुट्टै सम्झौता गरेर पनि विद्युत् आयात गर्छ । एक्सचेन्ज बजारमा आयात हुने विद्युत्‌को दर हरेक दिन परिवर्तन हुन्छ । तर, छुट्टै सम्झौतामार्फत् १३२ केभी, ३३ केभी र ११ केभी प्रसारण लाइनमार्फत् आयात हुने विद्युत्‌को दर भने हरेक वर्ष वार्तामार्फत् परिमार्जन हुने गरेको छ ।

खुलाबजारमा भने अधिकतम १२ भारुसम्म रकम तिरेर विद्युत् आयात गर्नुपर्ने हुन्छ ।

भारतले महाकाली सन्धिअन्तर्गत टनकपुरबाट बिजुली ल्याउन पाउने सम्झौता छ । त्यहाँबाट १५ मेगावाट विद्युत् आयात गर्नसक्ने भए पनि तीन वर्षदेखि भारतले त्यस बाटोबाट आपूर्ति बन्द गरेको छ ।अक्टोबारमा सम्झौता भएअनुरुपको २३० मेगावाट विद्युत् किन आउन सकेन रु गत ३ अक्टोबर २०२४ मा नेपाल विद्युत् प्राधिकरण र भारतको एनटीपीसी विद्युत् व्यापार निगम ९एनभीभीएन० बीच हिउँदका चार महिना थप २ सय ३० मेगावाट विद्युत् आयात गर्ने सम्बन्धी सम्झौता भएको थियो ।

त्यसअनुसार नेपालले हरेक वर्ष फ्रेब्रुअरीदेखि मे महिनासम्म त्यो परिमाणको विद्युत् आयात गर्ने गरी सहमति भएको थियो ।त्यसमध्ये २ सय मेगावाट विद्युत् ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइनमार्फत र ३० मेगावाट विद्युत् टनकपुरबाट आयात गर्ने सम्झौता थियो । तर, १ फेब्रुअरीदेखि आयात हुनुपर्ने त्यो विद्युत् करिब दुई महिना बितिसक्दा पनि आयात हुन सकेको छैन ।

नेपाल विद्युत् प्राधिकरणले समयमा माग नगर्दा त्यो विद्युत् आयात हुन नसकेको कुरा भारतीय पक्षले बताएको परराष्ट्रमन्त्री राणाले बताइन् । ‘फेब्रुअरीबाट आयात हुनुपर्ने २ सय ३० मेगावाट विद्युत् ल्याउन नेपालले समयमा माग नगरेकाले हामीले अन्यत्रै बेच्न थालिसक्यौं भन्ने भारतीय कम्पनीले बतायो । प्राधिकरणले किन समयमा माग नगरेको हो थाहा भएन,’ उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनमा बताइन् ।

तर, नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले भने आफूले गत नोभेम्बरबाट नै सम्पूर्ण प्रक्रिया पूरा गरेर विद्युत् आयातका लागि अनुरोध गरेको दाबी गरे ।विगतमा नेपालले भारतबाट २४ सै घन्टा विद्युत् आयात गर्न पाउने गरी सम्झौता भएकोमा गत वर्षको गत मार्च २९ ९चैत १६० मा भारतले चुनाव आइरहेको भन्दै तीन महिनाका लागि मात्रै विद्युत् निर्यातसम्बन्धी सम्झौता नवीकरण गरेको थियो ।दिनको समय ९सन आवर० मा मात्रै विद्युत् निर्यात गर्ने गरी गरिएको सम्झौताको नवीकरणको म्याद जुनको अन्त्यमा सकिएको थियो । त्यसपछि भारतले १९ नोभेम्बरमा यो सम्झौता नवीकरण गरेको थियो ।

त्यसबेला उसले सम्झौता नवीकरण गर्दा १५ मार्चसम्म दैनिक २० घन्टा नेपालमा विद्युत् निर्यात गर्न दिने तथा त्यसपछि ३० जुनसम्म सन आवरमा मात्रै विद्युत् दिने व्यवस्था गरेको थियो । त्यहीअनुसार नेपाल विद्युत् प्राधिकरणले १ डिसेम्बर ९१६ मंसिर० देखि भारतबाट विद्युत् आयात गरिरहेको छ ।गत मार्चमा सम्झौता नवीकरण हुँदा अधिकतम् ५ सय ५४ मेगावाट मात्रै विद्युत् नेपालले आयात गर्न पाउने व्यवस्था गरिएको थियो । त्यसअघि भने नेपालले २४ सै घण्टा आवश्यकताअनुसार विद्युत् आयात गर्न पाएको थियो ।नेपालले अधिकतम १ हजार ४ मेगावाटसम्म विद्युत् भारतबाट आयात गर्ने अनुमति पाएको छ । अहिले दिनका सायमा ८ सय ३० देखि ४० मेगावाट विद्युत् आयात भइरहेको प्राधिकरण स्रोत बताउँछ ।

रातो चन्द्रसुर्य डेस्क

प्रकाशित: ७ चैत्र २०८१, शुक्रबार २२:३७