
काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) ले पनि राजावादीविरूद्ध आन्दोलनको घोषणा गरेको छ । राजसंस्था पुनर्स्थापनाका लागि भन्दै राप्रपा, नवराज सुवेदी र दुर्गा प्रसाईं नेतृत्वमा भिन्नभिन्नै संघर्षका कार्यक्रम गर्ने तयारी भइरहेका बेला एमालेले पनि आन्दोलनको घोषणा गरेको हो ।
बिहीबार महासचिव शंकर पोखरेलले जुम बैठकमार्फत् जिल्ला अध्यक्षहरूलाई सम्बोधन गर्दै आन्दोलनका कार्यक्रमबारे जानकारी गराएका हुन् । एमालेले आगामी चैत ११ गते देशैभर प्रतिगामी कुप्रयासबारे जनसचेतना कार्यक्रम गर्ने बताइएको छ ।
त्यस्तै संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा नागरिक समाज र विभिन्न पक्षसँग केन्द्र र जिल्लास्तरमा अन्तरसंवाद कार्यक्रम आयोजना गर्ने जानकारी पनि जुम बैठकमा महासचिव पोखरेलले गराएका थिए ।
त्यस्तै चैत १८ गते काठमाडौं उपत्यका, कैलाली, सुर्खेत, रुपन्देही, कास्की, पर्सा र झापा बाहेकका सबै जिल्लामा जिल्लास्तरीय जनप्रदर्शन र जागरण सभा आयोजना गर्ने एमालेको तयारी रहेको बताइएको छ ।
जागरण सभा नहुने जिल्लामा मोटरसाइकल र्याली गर्ने महासचिवले बताएका थिए । चैत २४ देखि ३० गतेभित्र धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा विशेष सभाको आयोजना गर्ने एमालेको तयारी छ ।
Sudina Shrestha
प्रकाशित: ६ चैत्र २०८१, बिहीबार १८:३१
धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ९ जनाविरुद्ध मुद्धा दायर

राष्ट्रिय सभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित

नयाँ नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने

जोटा र उनका भाईको अन्त्यष्टि शनिबार हुने

जोटा र उनका भाईको अन्त्यष्टि शनिबार हुने

सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरियो नागरिक उन्मुक्ति
