
बनेपा । शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा भीमप्रसाद–पद्मकला सुवेदी भाषासेवा सम्मान’ भाषासेवी काठमाडौँका प्रा. शङ्करराज पाठकलाई समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित सम्मान्य व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई सम्मान गर्ने निर्णय गरेको हो ।
प्रा. शङ्करराज पाठक त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति हुनुहुन्छ । उहाँद्वारा सम्पादित र २०६३ सालमा प्रथम संस्करणका रूपमा प्रकाशित ‘अङ्ग्रेजी–नेपाली वृहत् शब्दकोश’ नेपाली वाङ्मयको महत्त्वपूर्ण शब्दकोश मानिन्छ ।
यस सम्मानको कोष व्यवस्थापन भीमप्रसाद–पद्मकला स्मृतिकोषका तर्फबाट प्रा। लालानाथ सुवेदी (भोजपुर) ले गर्नुभएको हो । सम्मान यही चैत महिनामा समर्पण गरिनेछ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ६ चैत्र २०८१, बिहीबार ०८:४९
राष्ट्रपति पौडेल र अध्यक्ष दाहालबीच भेटवार्ता

पानी पर्न थालेसगैं बढ्न थाल्यो डेङ्गी सङ्क्रमण

Nature safari in CNP thrills visitors with close encounters of rhinos and tigers

कमिसन मागिएको आरोपपछि धितोपत्र बोर्डले अख्तियारलाई बुझायो ८९ आईपीओको विवरण

इरानलाई हमासको अवस्थामा पुर्याउने इजरायलको चेतावनी

राजावादीद्वारा अनिश्चितकालीन जनआन्दोलनको घोषणा
