बनेपा । शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा भीमप्रसाद–पद्मकला सुवेदी भाषासेवा सम्मान’ भाषासेवी काठमाडौँका प्रा. शङ्करराज पाठकलाई समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित सम्मान्य व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई सम्मान गर्ने निर्णय गरेको हो ।
प्रा. शङ्करराज पाठक त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति हुनुहुन्छ । उहाँद्वारा सम्पादित र २०६३ सालमा प्रथम संस्करणका रूपमा प्रकाशित ‘अङ्ग्रेजी–नेपाली वृहत् शब्दकोश’ नेपाली वाङ्मयको महत्त्वपूर्ण शब्दकोश मानिन्छ ।
यस सम्मानको कोष व्यवस्थापन भीमप्रसाद–पद्मकला स्मृतिकोषका तर्फबाट प्रा। लालानाथ सुवेदी (भोजपुर) ले गर्नुभएको हो । सम्मान यही चैत महिनामा समर्पण गरिनेछ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-20
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
