
काठमाण्डौ । नेपालको सार्वजनिक ऋण पौने २७ खर्ब रुपैयाँ नाघेको छ । सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब ३ करोड रुपैयाँ पुगेको हो ।
यो नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४६ दशमलव ९१ प्रतिशत हो । फागुनसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋणका आधारमा हरेक नेपालीको भागमा झण्डै ९१ हजार रुपैयाँ बराबर पर्न आउँछ ।
गएको असारमा प्रति नेपाली ऋण झण्डै ८३ हजार रुपैयाँ थियो । गएको असारसम्म सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेको थियो । राष्ट्रिय जनगणना ०७८ अनुसार नेपालको कुल जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्कअनुसार कुल तिर्न बाँकी सार्वजनिक ऋणमध्ये आन्तरिक १३ खर्ब १५ अर्ब ५७ करोड रुपैयाँ (जीडीपीको २३ दशमलव ०६ प्रतिशत) र बाह्य १३ खर्ब ६० अर्ब ४६ करोड रुपैयाँ (जीडीपीको २३ दशमलव ८५ प्रतिशत) रहेको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ६ चैत्र २०८१, बिहीबार ०८:३१
PM Oli seeks Turkish support for release of Bipin Joshi

पाटन अस्पतालबाट भागे बलात्कार मुद्दाका थुनुवा

मेरुङमा भेटियो दुर्लभ रेडपाण्डा

राजावादीविरूद्ध एमाले पनि गर्यो आन्दोलनको घोषणा

आठ दिनको मिशनमा गएका सुनिता र बुच २८६ दिनको अन्तरिक्ष बसाइपछि पृथ्वीमा फर्किए

प्रा. शङ्करराज पाठकलाई भाषासेवा सम्मान समर्पण गरिने
