
सर्लाही । आज हुलाकी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । प्रदेश २–०३–०१८ प ३२०६ नम्बरको मोटरसाइकलमा सवार रौतहटको दुर्गा भगवतीपुर गाउँपालिका–५, बस्ने ४६ वर्षका नरेशप्रसाद जयसवालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका जयसवाललाई तत्काल उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको परिवारलाई उद्धृत गर्दै जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । सोही मोटरसाइकलमा सवार राजदेवी नगरपालिका–३, पथरा बस्ने ४५ वर्षका सिकेन्द्र बैठा गम्भीर घाइते भएका छन् । बैठाको वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको हो ।
दुर्घटनामा संलग्न अर्को प्रदेश २–००६ प ००६ नम्बरको मोटरसाइकलका चालक सर्लाहीको रामनगर गाउँपालिका–१, निवासी ३० वर्षका होसनारायण रायलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुवै मोटरसाइकलसमेत नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरू गरेको प्रहरी नायब उपरीक्षक राईले बताउनुभयो । मृतक जयसवालको शव परीक्षणका लागि वीरगञ्जस्थित बयोधा अस्पतालमा राखिएको छ ।
pratikshya
प्रकाशित: ५ चैत्र २०८१, बुधबार १३:४७
NEPSE has been falling by 14.88 points
इजरायली हवाई आक्रमण कम्तीमा २५ प्यालेस्टाइनीको मृत्यु, दर्जनौं घाइते

माध्यमिक शिक्षा परीक्षामा कोशी प्रदेशका ८१ हजार ३६० विद्यार्थी सहभागी हुने

The protest, organized by the Mukkumlung Tangsep Chumbho and Mukkumlunge surrounded Singha Durbar

मोटरसाइकल दुर्घटनामा परी एक घाइते र एक जनाको मृत्यु

टोखाबाट समातिएको २५ करोड माओवादीको रहेको दुर्गा प्रसाईको दाबी
