सर्लाही । आज हुलाकी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । प्रदेश २–०३–०१८ प ३२०६ नम्बरको मोटरसाइकलमा सवार रौतहटको दुर्गा भगवतीपुर गाउँपालिका–५, बस्ने ४६ वर्षका नरेशप्रसाद जयसवालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका जयसवाललाई तत्काल उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको परिवारलाई उद्धृत गर्दै जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । सोही मोटरसाइकलमा सवार राजदेवी नगरपालिका–३, पथरा बस्ने ४५ वर्षका सिकेन्द्र बैठा गम्भीर घाइते भएका छन् । बैठाको वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको हो ।
दुर्घटनामा संलग्न अर्को प्रदेश २–००६ प ००६ नम्बरको मोटरसाइकलका चालक सर्लाहीको रामनगर गाउँपालिका–१, निवासी ३० वर्षका होसनारायण रायलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुवै मोटरसाइकलसमेत नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरू गरेको प्रहरी नायब उपरीक्षक राईले बताउनुभयो । मृतक जयसवालको शव परीक्षणका लागि वीरगञ्जस्थित बयोधा अस्पतालमा राखिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-19
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
