
बजारमा आँप आउन थालेको छ। करिब १५ दिनदेखि बजारमा आँप आउन थालेको नेपाल फलफूल थोक व्यवसायी संघ, काठमाडौंका अध्यक्ष अमर बाँनियाले जानकारी दिए। १५ दिन भयो आँप आउन थालेको, तर खासै उपभोग छैन, उनले भने। उनका अनुसार हाल चीन र भारतबाट आँप आइरहको छ। सिजन नभएकाले आँपको खपत भने न्यून रहेको उनी बताउँछन्। आँप खाने ग्राहक अहिले एकदमै कम भएकाले व्यवसायीले आँप बेचेर नाफा पाउन सकेका छैनन्, उनले भने। अहिले बजारमा आँप प्रतिथोक मूल्य तीन सयदेखि तीन सय ५० रूपैयाँ किलो छ। बजारमा खुद्रा उपभोक्ता मूल्य भने पाँच सय रूपैयाँसम्म तोकिएको छ।
जेठ १५ देखि भने स्वदेशी आँप आउन सुरू हुनेछ। त्यसपछि मूल्य पनि विस्तारै घट्दै जानेछ। व्यवसायीहरूका अनुसार स्वदेशी आँपको मुख्य सिजन जेठ १५ देखि साउन १५ सम्म हो। त्यसपछि फेरि भारतीय आँप आउन थाल्नेछ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ४ चैत्र २०८१, मंगलवार १३:२४
सर्वसाधारणसँग असुली रोक्न चन्द्रागिरि हिल्सलाई निर्देश

ट्रम्प र पुटिनबीच ३० दिनको युद्धविराममा सहमति, युक्रेन सशंकित

इजरायलको आक्रमणमा परी गाजामा ४ सय जनाभन्दा धेरैको मृत्यु

संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ

लिङ्देनकै नेतृत्वमा राजावादी आन्दोलन गर्ने राप्रपाको निर्णय

इतिहासमा पहिलोपटक एसईई सुरू नहुँदै तोकियो नतिजा निकाल्ने मिति
