बजारमा आँप आउन थालेको छ। करिब १५ दिनदेखि बजारमा आँप आउन थालेको नेपाल फलफूल थोक व्यवसायी संघ, काठमाडौंका अध्यक्ष अमर बाँनियाले जानकारी दिए। १५ दिन भयो आँप आउन थालेको, तर खासै उपभोग छैन, उनले भने। उनका अनुसार हाल चीन र भारतबाट आँप आइरहको छ। सिजन नभएकाले आँपको खपत भने न्यून रहेको उनी बताउँछन्। आँप खाने ग्राहक अहिले एकदमै कम भएकाले व्यवसायीले आँप बेचेर नाफा पाउन सकेका छैनन्, उनले भने। अहिले बजारमा आँप प्रतिथोक मूल्य तीन सयदेखि तीन सय ५० रूपैयाँ किलो छ। बजारमा खुद्रा उपभोक्ता मूल्य भने पाँच सय रूपैयाँसम्म तोकिएको छ।
जेठ १५ देखि भने स्वदेशी आँप आउन सुरू हुनेछ। त्यसपछि मूल्य पनि विस्तारै घट्दै जानेछ। व्यवसायीहरूका अनुसार स्वदेशी आँपको मुख्य सिजन जेठ १५ देखि साउन १५ सम्म हो। त्यसपछि फेरि भारतीय आँप आउन थाल्नेछ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-18
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
