
काठमाडौं । अमेरिकाबाट पछिल्लो ५६ दिनमा ४३ जना नेपाली डिपोर्ट भएका छन् । डोनाल्ड ट्रम्पले दोस्रोपटक राष्ट्रपतिको कार्यभार सम्हालेयता ४३ जना नेपाली अमेरिकाबाट निष्कासित भएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयकी सूचना अधिकारी सीता परियारले सन् ०२५ जनवरी २० यता हालसम्म ४३ जना नेपाली अमेरिकाबाट डिपोर्ट भई आएको जानकारी दिए ।
ट्रम्पले आप्रवासी नीतिमा कडाइ गरेसँगै पछिल्लोपटक चैत २ गते अमेरिकाबाट एक जना नेपाली डिपोर्ट भई आएको उनले बताए । राष्ट्रपतिको शपथ लिएपछि ट्रम्प प्रशासनले निष्कासन गरिने एक हजार ३६५ नेपालीसहित १४ लाख ४५ हजार ५४९ आप्रवासीको सूची सार्वजनिक गरेको थियो ।
उनीहरू सबैमाथि अवैध तरिकाले अमेरिकामा बसोबास गरेको आरोप लगाइएको छ । सोहीअनुसार अमेरिकामा अवैध रूपमा रहेका नेपाली र भारतीयसहितका विदेशीलाई अमेरिकाले भटाभट डिपोर्ट गरिरहेको छ ।
गएको फागुन २१ गते अमेरिकाले नौ नेपालीलाई डिपोर्ट गरी काठमाडौं पठाएको थियो । अवैध तरिका र बाटोबाट अमेरिका प्रवेश गरेको, गलत मनसाय र बिनाभिसा बसेको जस्ता आरोप डिपोर्ट भएकामाथि लगाइएको छ ।
Sudina Shrestha
प्रकाशित: ३ चैत्र २०८१, सोमबार १५:०८
नेपाली फिल्म ‘चित्रा’ प्राइम भिडियोमा वर्ल्डवाइड स्ट्रीमिङ, ४३ भाषामा सबटाइटल

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
मानव बेचबिखन कार्यमा संलग्न व्यक्ति पक्राउ
गायिका एलीना भन्छिन्- अब नक्कली परिचय र विदेशको दूरीलाई कानुनले जोगाउदैन्

राष्ट्रिय ग्रिडसँग ६०७ मेगावाट जलविद्युत् जडानको सम्झौता
