
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आउँदो आर्थिक वर्षका लागि स्वास्थ्य बिमा सञ्चालन गर्न ४० अर्ब रुपियाँ आवश्यक रहेको बताएका छन् ।
आइतबार स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको पूर्ण प्रतिवेदन तथा सोको आधारमा बनाइएको कार्ययोजना सार्वजनिक गर्दै मन्त्री पौडेलले ४० अर्ब बजेटको व्यवस्था नभए स्वास्थ्य बिमा सञ्चालन गर्न कठिन पर्ने बताए ।
सरकारले बर्सेनि सात अर्ब रकम मात्र बिमाका लागि दिने गरेको जानकारी दिँदै उनले राज्यले दिने सात अर्ब रुपियाँले स्वास्थ्य बिमा कार्यक्रम सफल बनाउन नसकिने बताए । उनले सामाजिक सुरक्षाका सबै कार्यक्रमलाई एकत्रित गर्न सके स्वास्थ्य बिमालाई बढाएर पाँच लाखसम्म पुर्याउन सकिने बताए ।
उनले बिमा कार्यक्रम व्यवस्थित बनाउन सके सरकारी अस्पतालका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको तलब राज्यले दिनु नपर्ने र अस्पताल आफैँले दिन सक्ने स्थिति हुन सक्ने बताए ।
मन्त्री पौडेलले स्वास्थ्य बिमालाई राष्ट्रिय सङ्कल्पका रूपमा लिएर जानुपर्ने पनि बताए । उनले सबैलाई प्रणालीमा आबद्ध हुन पनि आग्रह गर्नुभयो । स्वास्थ्य बिमामा देखिएका समस्या समाधानमा सुझाव दिन डा। शम्भुप्रसाद आचार्यको नेतृत्वमा गत असोज ८ गते सुझाव समिति गठन भएको थियो ।
सो समितिले दिएको सुझावका आधारमा कार्ययोजना तयार गर्न अतिरिक्त सचिव डा। दीपेन्द्ररमण सिंहको नेतृत्वमा अर्को समिति गठन गरिएको थियो । सो समितिले निर्माण गरेको कार्ययोजना मन्त्री पौडेलले सार्वजनिक गरेका हुन् ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ३ चैत्र २०८१, सोमबार १०:१६
कमिसन मागिएको आरोपपछि धितोपत्र बोर्डले अख्तियारलाई बुझायो ८९ आईपीओको विवरण

इरानलाई हमासको अवस्थामा पुर्याउने इजरायलको चेतावनी

राजावादीद्वारा अनिश्चितकालीन जनआन्दोलनको घोषणा

जिल्ला अस्पताल धनकुटामा डायलाइसिस सेवा सुरु

नेप्सेमा उच्च अंककाे वृद्धि, कारोबार रकम साढे १० अर्बमाथि

७२ औं मिस वर्ल्डमा सहभागी हुन मिस नेपाल सृच्छा प्रधान भारततर्फ प्रस्थान
