काठमाण्डौ । ‘सगरमाथा संवाद’ मा विभिन्न देशका ३ सय ५० जनाभन्दा धेरैलाई निमन्त्रणा गरिने भएको छ । सगरमाथा संवाद आउँदो जेठ २ गतेदेखि ४ गतेसम्म सगरमाथा संवाद कार्यक्रम हुँदैछ ।
परराष्ट्र मन्त्रालयका सचिव अमृत राईले सगरमाथा संवादमा विभिन्न देशका ३ सय ५० जनाभन्दा धेरैलाई निम्तो पठाइने बताएका हुन् । सरकारले निम्तो पठाइएकामध्ये १ सय ५० जनाभन्दा धेरै व्यक्ति सहभागी हुने अपेक्षा गरेको छ ।
निम्तो दिनका लागि विदेशमा रहेको नेपाली राजदूतावास र नेपालमा रहेका सम्बन्धित देशका राजदूतावासलाई प्रयोग गरिएको परराष्ट्र सचिव राईले बताए ।
नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले हिमालको मुद्दाको नेतृत्व नेपालले लिनेगरी सगरमाथा संवादलाई अघि बढाएको जानकारी गराए । जलवायु परिवर्तनबाट भएको हानि तथा नोक्सानीबारे आवाज उठाइरहेको उनले बताए । मुख्यसचिव अर्यालले सगरमाथा संवादलाई सरकारले उच्च महत्त्वका साथ अघि बढाएको उल्लेख गरे ।
सगरमाथा संवादको पहिलो दिन हिमनदी संरक्षणका विषयमा तत्काल गर्नुपर्ने कामबारे छलफल हुनेछ । पहिलो दिन नै टापुहरूलाई उच्च पहाडी क्षेत्रसँग जोड्नेबारे संवाद हुनेछ । खाद्य सुरक्षा तथा कृषि पुनरोत्थान, पहाडी क्षेत्रमा समुदायद्वारा प्रवर्द्धन गरिने क्रियाकलापबारे पनि छलफल हुनेछ ।
सगरमाथा संवादको दोस्रो दिन जलवायुजन्य प्रकोप, जोखिम न्यूनीकरण र पुनरोत्थानबारे छलफल हुनेछ । हिमालको जोखिमका लागि भएका अनुगमन र यसको उपलब्धि, हिमालमा भएका क्षतिलाई न्यूनीकरण गर्दा भएका प्रयासबारे पनि छलफल हुनेछ ।
सगरमाथा संवादको तेस्रो दिन संवादमा सहभागी हुन आएका पाहुनालाई हवाई यात्रामार्फत सगरमाथा क्षेत्र अवलोकन गर्न लगिने कार्यक्रम रहेको मुख्यसचिव अर्यालले जानकारी दिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-17
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
