
जनकपुरधाम । छुरा प्रहारबाट हत्या गरिएका जनकपुरधाम उपमहानगरपालिका–२३ का १९ वर्षीय आँशु यादवको परिवार र स्थानीय आन्दोलित बनेका छन् । मृतक आँशुका परिवार र स्थानीयले जनकपुर–जलेश्वर सडकखण्ड ठप्प पारेका हुन् ।
आँशुको शव सडकमै राखेर उनीहरु प्रदर्शनमा उत्रेपछि सवारीसाधन ठप्प भएको छ । हत्या घटनामा संलग्न सबैलाई पक्राउ गर्नुपर्ने पीडित परिवारको माग छ ।
होली खेल्ने क्रममा आँशुमाथि छुरा प्रहार गरिएको थियो । छाती र पेटमा छुरा प्रहार भएकाले उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय २१ वर्षीय धर्मेन्द्र महतोलाई पक्राउ गरिसकेको छ ।
मृतककी आमाले घटनामा धर्मेन्द्रबाहेक अन्य व्यक्तिको पनि संलग्नता रहेको दावी गरेकी छन् । छोराको शव सडकमा राख्न पुगेकी उनले पुरानो रिसईबीका कारण आफ्नो छोराको हत्या भएको बताएकी छन् । उनले सबैलाई नमार्नु भन्दा पनि कसैले नसुनेको बताउँदै भनिन्, ‘निर्ममतापूर्वक छोरामाथि छुरा हानेर हत्या गर्यो । सबै अपराधीलाई प्रहरीले पक्राउ गर्नुपर्छ ।’
आन्दोलनस्थलमा ठूलो संख्यामा प्रहरी परिचालन भएका छन् । धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले पोष्टमार्टमपछि शव बुझेर गाउँमा लगेर आन्दोलन थालेको बताए । उनका अनुसार पीडित परिवारले घटनामा संलग्न सबैलाई पक्राउ गर्नुपर्ने र क्षतिपुर्तीको माग गरेका छन् ।
Sudina Shrestha
प्रकाशित: २ चैत्र २०८१, आईतवार १६:५७
नेपाली फिल्म ‘चित्रा’ प्राइम भिडियोमा वर्ल्डवाइड स्ट्रीमिङ, ४३ भाषामा सबटाइटल

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
मानव बेचबिखन कार्यमा संलग्न व्यक्ति पक्राउ
गायिका एलीना भन्छिन्- अब नक्कली परिचय र विदेशको दूरीलाई कानुनले जोगाउदैन्

राष्ट्रिय ग्रिडसँग ६०७ मेगावाट जलविद्युत् जडानको सम्झौता
