काठमाडौं । धनुषामा होली खेल्ने क्रममा विवाद हुँदा छुरा प्रहारबााट एक युवकको मृत्यु भएको छ । शनिबार साँझ जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धी चोकमा भएको विवादमा जनकपुरधाम–२३ का २१ वर्षीय धर्मेन्द्र महतोले छुरा प्रहार गर्दा १९ वर्षीय आँशु यादवको मृत्यु भएको हो ।
होली खेल्ने क्रममा विवाद उत्पन्न हुँदा धर्मेन्द्रले छुरा प्रहार गर्दा गम्भीर घाइते भएका आँशुलाई अस्पताल लगिएको थियो । तर उपचारका क्रममा उनको मृत्यु भएको धनुषा प्रवक्ता तथा डीएसपी वरुणकुमार सिंहले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-16
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
