देउखुरी । दाङको तुलसीपुर उपमहानगरपालिका–१७ स्थित एक घरमा ट्याक्टर अनियन्त्रित भएर घरभित्र छिर्दा पाँचजना घाइते भएका छन् । शनिबार राति बिजौरीबाट मानपुरतर्फ जाँदै गरेको लु-प्र००२–००१ त ००८५ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भइ स्थानीय मुरारी शर्माको दुईतले घरमा ठोक्किएको थियो ।
उक्त दुर्घटनामा परी सोही घरमा बस्दै आएका ५६ वर्षीय रामकृष्ण चौधरी, उनकी छोरीहरु २८ वर्षीया शान्ति चौधरी, २० वर्षीया त्रिमा चौधरी, स्थानीय ४२ वर्षीय भक्तबहादुर खत्री र २८ वर्षीय रामजी गुप्ता घाइते भएको प्रहरीले जनाएको छ । घाइते सबैको अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य राना मगरले जानकारी दिए ।
घाइतेलाई तुलसीपुरस्थि राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि राति नै नेपालगन्ज नर्सिङहोममा रिफर गरिएको थियो । दुर्घटना लगतै ट्याक्टर चालक स्थानीय २० वर्षीय गोविन्द वली फरार रहेको प्रहरीले जनाएको छ । ट्याक्टर धनी स्थानीय २७ वर्षीय कमल पुनलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-16
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
