
काठमाडौं । धनगढीमा ग्यास सिलिन्डर पड्किंदा तीन जना घाइते भएका छन् । धनगढी उपमहानगरपालिका–६ मटियारीमा ३६ वर्षीया मिना खड्काको घरमा सिलिन्डर जोड्ने क्रममा एक्कासी पड्किंदा खड्कासहित स्थानीय ग्याँस बिक्रेता ४० वर्षीय गोविन्द जोशी र खड्काकी २० वर्षीया छोरी चन्द्रा घाइते भएका हुन् ।
उनीहरुको निसर्ग अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । जोशीको पसलबाट ग्यास लगेकी खड्काले जोड्नका लागि समेत उनलाई घरमा बोलाएकी थिइन् । जोशीले सिलिन्डर जोड्ने क्रममा एक्कासी पड्किाँदा उनीहरु घाइते भएको प्रहरीले जनाएको छ ।
Sudina Shrestha
प्रकाशित: २ चैत्र २०८१, आईतवार १२:१४
संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड
भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ

भुटानमाथि नेपालको २९८ रनको जित, अपराजित हुदै सेमिफाइनलमा

प्रधानमन्त्री ओलीद्वारा अल्पविकसित मुलुकहरुको उच्चस्तरीय बैठकको अध्यक्षता
