बारा, बारा प्रहरीले ठुलो परिमाणको लागुऔषध गाँजासहित एक जना महिलालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा गरिएको जाँचका क्रममा प्रहरीले जितपुर सिमराबाट एक जना महिलालाई १३ किलो लागु औषध गाँजासहित पक्राउ गरेको हो ।अस्थायी प्रहरी पोस्ट रामवनबाट खटिएको प्रहरी टोलीले मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर–१ निवासी सुशीला गोलेलाई पक्राउ गरेको हो ।
हेटौँडाबाट वीरगन्जतर्फ आउँदै गरेको ना ८ ख ६०६१ नं।को यात्रुवाहक माइक्रोलाई रोकेर जाँच गर्दा उक्त गाडीबाट १३ किलो गाँजा बरामद भएको बारा प्रहरी प्रवक्ता विजयराज पण्डितले बताए । पक्राउ परेकी गोलेलाई जिल्ला प्रहरी कार्यालयमा राखी आवश्यक कानुनी प्रक्रिया सुरु गरिएको बारा प्रहरीले जानकारी दिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-13
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
