
मकवानपुर, पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ रमनटारमा आज ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । चितवनबाट मनहरीतर्फ आउँदै गरेको ग११प ९६२८ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फबाट आउँदै गरेको बाप्र ०३–००१ क ०८२७ नम्बरको खाली मिक्सर ट्रकले पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार बाराको कोल्बी नगरपालिका–५ निवासी ३४ वर्षीया सरितादेवी चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते सरितालाई उपचारको लागि हेटौँडा अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । सोही दुर्घटनामा परेर घाइते मोटरसाइकल चालक मृतक सरिताका श्रीमान् ३५ वर्षीय शिवकुमार चौधरी र चौधरीको साढुभाइको छोरा ५ वर्षीय अंशकुमार चौधरीको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकललाई दिने मिक्सर ट्रक र ट्रक चालक मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरे निवासी ४९ वर्षीय धनबहादुर सुनारलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।
Sudina Shrestha
प्रकाशित: २७ फाल्गुन २०८१, मंगलवार २२:२१
बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार छ- अर्थमन्त्री पौडेल

नेप्सेमा ३४ अंकको वृद्धि, ९ अर्बको कारोबार

कुलिङ पिरियड हेरफेरको छानबिन संसदीय समितिबाट गर्न सभामुखलाई सिफारिश गर्ने निर्णय

पर्यटन मन्त्रालय नीतिगत र संरचनागत सुधारमा केन्द्रित छ- मन्त्री पाण्डे

हैजा निवारण योजना २०८२-२०८७ सम्बन्धी सरोकारवालाहरुसँगको छलफल सम्पन्न

पर्साबाट स्रोत नखुलेको नगद २८ लाख २७ हजारसहित तीन जना पक्राउ