काठमाडौं। डा. रघुराज काफ्ले स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशक नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले छनोटमा परेका तीन जनामध्ये तनहुँका विकास अर्थशास्त्री डा. वाग्लेलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो । यसअघि डा. काफ्लेसँग गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्ष तथा वैदेशिक रोजगार बोर्डको कार्यकारी भएको अनुभव छ । बोर्डमा रहँदा डा. काफ्लेले श्रमिक र आश्रित परिवारको हितमा विभिन्न कल्याणकारी नयाँ कार्यक्रम सुरु गरेका थिए । राहत रकममा चार सय प्रतिशत वृद्धि तथा बिमामा शतप्रतिशत वृद्धि गर्ने निर्णय उनको नेतृत्वमा भएको थियो । गम्भीर रोगका लागि श्रमिक बिमा कार्यक्रम उनले आरम्भ गरेका थिए ।

डा. काफ्ले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रममा एक दशक बढी वरिष्ठ अधिकारीका रुपमा कार्यरत थिए । यसैगरी उनी विभिन्न विकास रणनीति निर्माणमा संलग्न रहँदै आएका छन् । अर्थशास्त्रमा विद्यावारिधि डा. काफ्लेले लामो समय प्राध्यापनसमेत गरेका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-11
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
