काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले केही ठाउँमा दुई महिनाका लागि निषेधाज्ञा लगाएको छ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अति विशिष्ट व्यक्तिहरूको निवास तथा मुख्य प्रशासनिक केन्द्र र त्यस आसपासका ठाउँमा पाँच जनाभन्दा बढी भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभालगायतका विरोधका कार्यक्रम गर्न नपाइने गरी जिल्ला प्रशासनले निषेधाज्ञा लगाएको हो ।
शीतलनिवास (राष्ट्रपति कार्यालय महाराजगञ्ज क्षेत्र, हरित गृह (उपराष्ट्रपति कार्यालय) लैैनचौर क्षेत्र, सिंहदरबार क्षेत्रलाई निषेधाज्ञा क्षेत्र निर्धारण गरिएको छ । त्यसैगरी प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि निषेधाज्ञा स्थल तोकिएको छ ।
संसद् भवन नयाँ बानेश्वर क्षेत्रअन्तर्गत संसद् भवनको चारैतर्फको सडक क्षेत्र,संसद् भवनको दक्षिणपूर्वी मोडदेखि पूर्वतर्फ ३०० मिटरसम्म, बानेश्वर चोकदेखि पश्चिमतर्फ ३०० मिटरसम्म निषेधाज्ञा स्थल तोकिएको छ ।
यी ठाउँमा अस्ति आइतवारदेखि लागू हुने गरी दुई महिनासम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको हो ।


रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-11
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
