स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त

काठमाडौं । डा. रघुराज काफ्ले स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशक नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले तनहुँका विकास अर्थशास्त्री डा वाग्लेलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो ।

यसअघि डा काफ्लेसँग गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्ष तथा वैदेशिक रोजगार बोर्डको कार्यकारी भएको अनुभव छ । डा काफ्ले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रममा एक दशक बढी वरिष्ठ अधिकारीका रुपमा कार्यरत थिए ।

यसैगरी उनी विभिन्न विकास रणनीति निर्माणमा संलग्न रहँदै आएका छन् । अर्थशास्त्रमा विद्यावारिधि डा काफ्लेले लामो समय प्राध्यापनसमेत गरेका थिए ।

रातो चन्द्रसुर्य डेस्क

प्रकाशित: २७ फाल्गुन २०८१, मंगलवार ०८:२९