१ करोड धरौटी खारेजीको माग गर्दै रवि पुगे उच्च अदालत

काठमाडौं । १ करोड धरौटी खारेजीको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उच्च अदालत बुटवल पुगेका छन् ।रुपन्देहीको सुप्रिम सहकारी प्रकरणमा मुद्दा खेपिरहेका सभापति लामिछाने आफूसँग मागिएको १ करोड धरौटी खारेजी र साधारण तारेखमा छाड्न माग गर्दै उनी आज (सोमबार) उच्च अदालत तुलसीपुर बुटवल इजलास पुगेका हुन् ।

सुप्रिम सहकारी ठगीमा माग भएको धरौटी आफूलाई चित्त नबुझेको र साधारण तारेखमा रिहा हुनुपर्ने आशयको माग राखेर लामिछानेले निवेदन दर्ता गराएको बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरले जानकाारी दिए ।

लामिछाने जिल्ला अदालत रुपन्देहीबाट माघ १३ गते १ करोड धरौटी तिरेर रिहा भएका थिए । त्यसअघि कास्कीमा ६५ लाख र काठमाडौंबाट ६० लाख र चितवनमा ५४ लाख धरौटी तिरेर रिहा भएका थिए ।

रातो चन्द्रसुर्य डेस्क

प्रकाशित: २६ फाल्गुन २०८१, सोमबार १५:४१