
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज (आइतबार) काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । पूर्वाराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किने कार्यक्रमअन्तर्गत राजसंस्थाको वकालत गरिरहेको दल राप्रपाले शक्ति प्रदर्शन गर्न लागेको हो ।
गण्डकी प्रदेशका विभिन्न ठाउँका मन्दिरको भ्रमण तथा पोखराका बनेको स्वर्गीय राजा वीरेन्द्रको शालिक अनावरण गरेर पूर्वराजा शाह आज काठमाडौं फर्किनदैछ ।
राप्रपाका नेता–कार्यकर्तासहित राजसंस्था पक्षधर आज दिउँसो १ बजे पूर्वराजा शाहलाई स्वागत गर्न त्रिभुवन विमानस्थल जाने कार्यक्रम छ । त्यसपछि उनलाई महाराजगञ्जस्थित निर्मल निवास पुर्याइने बताइएको छ ।
यही फागुन ७ गतेको प्रजातन्त्र दिवसको अवसर पारेर पूर्वराजा शाहले राजसंस्था फर्काउने समय आएको भन्दै साथ दिन अपिल गरेका थिए । त्यसबाट हौसिएर राप्रपालगायत राजसंस्था पक्षधरहरू आन्दोलनरत छन् । उनीहरूले अब चाँडी राजसंस्था पुनस्र्थापना हुने दाबी गर्दै आएका छन् ।
राप्रपाको प्रदर्शनलाई मध्यनजर गरेर आज काठमाडौंमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । करिब १० हजार मानिस प्रदर्शनमा उत्रने प्रहरीको अनुमान छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी टेक तामाङले विशेष रणनीति बनाएर सुरक्षाकर्मीहरुलmाई हाई एलर्टमा राखिएको बताएका छन् ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २५ फाल्गुन २०८१, आईतवार १०:४१
सुनको मूल्यमा नयाँ रेकर्ड, ४ हजार बढेर १ लाख ७४ हजार ५०० रुपैयाँ पुग्यो

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

आज तराईमा होली मनाइँदै

युक्रेनसँगको युद्धविराममा सहमत नभए रुसले विनासकारी परिणाम भोग्नुपर्ने ट्रम्पको चेतावनी

युवाहरूबीच झगडा हुँदा एकको मृत्यु

The price of gold being traded at Rs 170,500 per tola
