
काठमाडौं , आयोजक काँकडभिट्टा ट्रेनिङ सेन्टर पाँचौ मेचीनगर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार भएको उद्घाटन खेलमा भारतीय टोली जर्जियन एफसीलाई ४–२ ले हराउँदै काँकडभिट्टाले सेमिफाइनलमा स्थान सुरक्षित गरेकाे हाे ।
काँकडभिट्टाको जितमा निशान लिम्बूले दुई गोल गर्दा इब्राहिम र रोबर्टले समान एक गोल गरे। जर्जियनको लागि दुबै गोल सत्यम शर्माले गरेका हुन्। काँकडभिट्टाका निशान प्लेयर अफ दि म्याच भए । काँकडभिट्टा ट्रेनिङ सेन्टरको खेल मैदानमा अग्रता भने पाहुना टोली जर्जियन एफसीले बनाएको थियो। खेलको ३८औं मिनेटमा जर्जियनको लागि सत्यमले गोल गरेका थिए। बक्स बाहिरबाट सत्यमले प्रहार गरेको फ्रिकिकलाई गोलकिपर विश्वास चौधरीले रोक्न सकेनन्।
निशान लिम्बूले पहिलो हाफको इन्जुरी समयमा बराबरी गोल गरे। बक्सभित्र काँकडभिट्टाका प्रवेश रोयले विदेशी खेलाडी इब्राहिमलाई लडाएपछि रेफ्री विश्वास कार्कीले आयोजकलाई पेनाल्टी अवसर दिएका थिए। निशानले गोलकिपर सचिन सुब्बालाई कुनै मौका दिएनन्।
आयोजकले दोस्रो गोल खेलको ५१औं मिनेटमा गर्यो। बक्सभित्र अनमार्क रहेका इब्राहिमले हेडर गोल गरेका थिए। खेलको चौथो गोल ६१औं मिनेटमा भयो। बक्स बाहिर पाएको बललाई अगाडि बढाउँदै निशानले सहज गोल गरेका हुन्। पाँचौँ गोल खेलको ६६औं मिनेटमा भयो। निरन्तर भ्रमणकारी टोलीविरुद्ध दबाब बनाएको काँकडभिट्टाको लागि रोबर्टले टिमका लागि चौथो गोल गरेका हुन्। उनले बक्सभित्रबाट हानेको शक्तिशाली प्रहार सिधै गोल भएको थियो। जर्जियनको लागि सत्यमले बक्स बाहिरबाट हानेको सानदार प्रहार सिधै गोल भएको थियो।
अब, सेमिफाइनलमा आयोजक काँकडभिट्टाले साेमबार हुने उज्वेकिस्तानको ब्लाक बुल्स एफसी र धरान एफसीबीचको विजेतासँग फागुन २८ गते प्रतिस्पर्धा गर्नेछ। आइतबार दोस्रो खेलमा सहिद स्मारक ‘ए’ डिभिजन लिगको विजेता चर्च ब्वाइज युनाइटेडले नेपाल सुपर लिग (एनएसएल)को टोली झापा एफसीसँग खेल्नेछ।
फागुन २७ मा मछिन्द्र फुटबल क्लबले विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्ने तालिका छ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २४ फाल्गुन २०८१, शनिबार १९:५२
कमिसन मागिएको आरोपपछि धितोपत्र बोर्डले अख्तियारलाई बुझायो ८९ आईपीओको विवरण

इरानलाई हमासको अवस्थामा पुर्याउने इजरायलको चेतावनी

राजावादीद्वारा अनिश्चितकालीन जनआन्दोलनको घोषणा

जिल्ला अस्पताल धनकुटामा डायलाइसिस सेवा सुरु

नेप्सेमा उच्च अंककाे वृद्धि, कारोबार रकम साढे १० अर्बमाथि

७२ औं मिस वर्ल्डमा सहभागी हुन मिस नेपाल सृच्छा प्रधान भारततर्फ प्रस्थान
