
काठमाडौं, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसभन्दा युक्रेनसँग सम्झौता गर्न अझै गाह्रो भएको बताएका छन्।राष्ट्रपति ट्रम्पले युक्रेनसँग शान्ति सम्झौताका सम्बन्धमा रुससँग भन्दा युक्रेनसँग सम्झौता गर्न ‘अझै गाह्रो’ भएको बताएका हुन् ।
यसअघि ट्रम्पले रुसमाथि नयाँ प्रतिबन्ध र कर लगाउने विषयमा गम्भीरतापूर्वक विचार गरिरहेको बताएका थिए । ट्रुथ सोसलमा ट्रम्पले लेखेका छन्, ‘रसियाले युक्रेनमा युद्ध क्षेत्रमा भयंकर आक्रमण गरिरहेको छ । यस तथ्यको आधारमा युद्धविराम र अन्तिम शान्ति सम्झौता नभएसम्म म रुसमाथि ठूलो मात्रामा बैंकिङ प्रतिबन्ध, नाकाबन्दी र ट्यारिफहरू लगाउन गम्भीर रूपमा विचार गरिरहेको छु ।’
गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच ह्वाइट हाउसको ओभल अफिसमा भएको भेटवार्ता चर्को बहसमा परिणत भएको थियो ।
Sudina Shrestha
प्रकाशित: २४ फाल्गुन २०८१, शनिबार १६:४४
नेपाल वायुुसेवा निगमकोजहाजहरू किन ढिलो र खाली उड्छन् ?

गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघबीच समझदारी, उपत्यकाभित्रका उद्दार निःशुल्क हुने

संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड
भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ
