काठमाडौं (एजेन्सी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको करबारे चीनले खुलेआम चेतावनी दिएको छ । अमेरिकास्थित चिनियाँ दूतावासले चीन सबै प्रकारको युद्धको लागि तयार रहेको भन्दै चेतावनी बीबीसीले उल्लेख गरेको छ ।
चिनियाँ दूतावासले सामाजिक सञ्जालमा पोस्ट गर्दै लेखेको छ, ‘चाहे त्यो ट्यारिफ युद्ध होस्, व्यापार युद्ध होस् वा अन्य कुनै युद्ध, यदि अमेरिका युद्ध चाहन्छ भने हामी अन्त्यसम्म लड्न तयार छौं ।’ चीन(अमेरिका व्यापार युद्ध उत्कर्षमा पुगेको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले मंगलबारदेखि चीनमाथि १० प्रतिशत नयाँ कर लगाने घोषणा गरेका थिए । यसअघि पनि ट्रम्पले चीनबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाएका थिए । यसरी केही दिनभित्रै अमेरिकाले चिनियाँ सामानमा कुल २० प्रतिशत कर लगाएको छ ।
सामाचारमा बताइएअनुसार ट्रम्पको उक्त कदमलगत्तै मंगलबार चीनले पनि अमेरिकाबाट चीन आउने धेरै कृषि उत्पादनहरूमा फेब्रुअरीमा जस्तै १० देखि १५ प्रतिशतसम्म भन्सार शुल्क लगाउने घोषणा गरेको थियो । चीन अमेरिकी मकै, गहुँ र भटमास जस्ता धेरै उत्पादनहरूको सबैभन्दा ठूलो बजार हो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-07
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
