बनेपा । शब्दयात्रा प्रकाशनले भोजपुरका हास्यव्यङ्ग्यकार नरनाथ लुइटेललाई समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित सम्मान्य व्यक्तित्व चयन समितिको बैठकले २०८१ सालको ‘शब्दयात्रा रुद्रलाल शर्मा हास्यव्यङ्ग्य सम्मान’ उहाँलाई सम्मान गर्ने निर्णय गरेको हो ।
उहाँ ‘सिस्नुपानी नेपाल’ नामक संस्थाका संस्थापकमध्येका एक तथा हास्यव्यङ्ग्य पत्रिका ‘फित्कौली डटकम’ का सञ्चालक–सम्पादक हुनुहुन्छ । उहाँले हास्यव्यङ्ग्य विधाका विभिन्न कृतिहरूको लेखन तथा नेपालको हास्यव्यङ्ग्य साहित्यसम्बन्धी अनुसन्धान गर्नुभएको छ ।
यस सम्मानको कोष व्यवस्थापन हास्यव्यङ्ग्यकार शारदाप्रसाद शर्मा (काभ्रेपलाञ्चोक) ले गर्नुभएको हो । सम्मान आगामी चैत महिनामा समर्पण गरिनेछ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-07
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
