काठमाण्डौ । प्रश्न सोधेको आधारमा सङ्घीय संसद् सचिवालयले पत्रकार किशोर श्रेष्ठ र प्रकाश ओलीको संसद् प्रवेश पास निलम्बन गरेकोमा नेपाल पत्रकार महासङ्घले ध्यानाकर्षण जनाएको छ ।
यही फागुन ४ गते प्रतिनिधिसभा बैठकपछि बाहिरिँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्दा संसदीय मर्यादा र अनुशासनको उल्लङ्घन भएको भन्दै सङ्घीय संसद् सचिवालयले उनीहरूको पास निलम्बन गरेको थियो ।
महासङ्घले काउन्सिलको क्षेत्राधिकारलाई ख्याल गरी पत्रकारको पास निलम्बन फिर्ता लिएर प्रेस स्वतन्त्रताको सम्मान गर्न सङ्घीय संसद्लाई आग्रह गरेको हो । पेशागत धर्म निर्वाहका क्रममा पत्रकार आचारसंहिताको ख्याल गर्न पनि पत्रकार तथा सञ्चारमाध्यलाई महासङ्घले ध्यानाकर्षण गराएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-06
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
