
काठमाडौं । नेपाली कांग्रेसले २१ फागुनमा बस्ने संसद् बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूलाई निर्देशन जारी गरेको छ । बुधबार दिउँसो १ बजे बस्ने संसद् बैठकमा जारी भएका अध्यादेश पारित गर्नका लागि पेश गरिँदैछ ।
अध्यादेशहरू पारित गर्नका लागि अनिवार्य संसद् बैठकमा उपस्थित हुन सांसदहरुलाई ह्विप जारी गरिएको हो । ‘फागुन २१ गते १ बजे बस्ने संसदको बैठकमा अध्यादेशहरू स्वीकृतिका लाागि प्रस्तुत हुनेहुँदा बैठकमा अनिवार्य उपस्थित भई अन्तिमसम्म रहन यो व्हिप जारी गरिन्छ,’ सांसदहरूलाई पठाइएको सन्देशमा उल्लेख छ ।
सरकारले भूमि सम्बन्धी बाहेकका ६ अध्यादेश पारित गर्नका लागि भोलि संसद्मा पेस गर्दैछ । जसपा नेपाल र लोसपाले भूमि अध्यादेशको विपक्षमा देखिएपछि सरकारले त्यसलाई रोकेर अन्यलाई पारित गर्न प्रक्रियामा लाने भएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २० फाल्गुन २०८१, मंगलवार १६:१३
भारत र पाकिस्तानबीच युद्धविराम सहमति भएपनि कार्यान्वयनमा चुनौती

‘ड्रेस टू इम्प्रेस सीजन ११’ को विभिन्न चार विधामा रोजिना, साहिल, ललिता र करिश्मा सर्वोत्कृष्ट (तस्विरहरु)

नेपाल क्यान्सर निवारण प्रतिष्ठानद्वारा प्रकाशित क्याण्डर निःशुल्क वितरण

मिस वल्र्डमा सहभागी हुन मिस नेपाल सृच्छा प्रधान भारत प्रस्थान

आइसिसी विश्वकप लिग–२ र टी–२० सिरिजका लागि नेपाली राष्ट्रिय टोली घोषणा

नेपाली फुटबलको वार्षिक क्यालेन्डर सार्वजनिक
