काठमाडौं । रोटरी क्लब अफ बागमती काठमाडौंले नेपाल आर्यूवेद वेलनेससँँगको सहर्काय तथा अन्य विभिन्न संस्थाहरुको सहयोगा हिन्दूहरुको महान पर्व शिवरात्रिको दिन पशुपति क्षेत्रमा निःशुल्क आयुवेदको स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

भगवान पशुपतिनाथको दर्शनार्थ गर्न आएका हिन्दू धर्मालम्बीहरुलाई निःशुल्करुपमा स्वास्थ्यसम्बन्धी परामर्श दिने, चिकित्सकबाट परीक्षण गर्ने तथा विरामीहरुलाई निःशुल्क औषधी वितरण गर्ने उद्देश्यले संचालित उक्त शिविरमा ५३० जना विरामीले लाभ लिएका थिए ।

बिहानको ७ बजेबाट सुरु भएको उक्त स्वास्थ्य शिविरमा आवश्यक चिकित्सक तथा औषधीको व्यवस्थापन नेपाल आयुवेद वेलनेसले गरिएको थियो । संचालित स्वास्थ्य शिविरमा करिब ११ बजेसम्म विरामीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-01
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
