
दोलखा । दोलखाको कालिञ्चोक र शैलुङ क्षेत्रमा हिमपात भएको छ । शुक्रबार रातिदेखि कालिञ्चोकको कुरी तथा आसपासको क्षेत्रमामा हिमपात भएपछि दर्शन गर्न गएका भक्तजन रमाइरहेका छन् ।हिमपात भएसँगै होटल व्यवसायी खुसीले दंग भएका छन् । यो यो क्षेत्रले हिउँले सेताम्मै बनेको छ ।
कालिञ्चोक दर्शन र प्राकृतिक क्षेत्र भ्रमणका लागि कालिञ्चोक पुगेका पर्यटकहरु हिउँमा रमाइरहेका होटल सुनापाति कुरीका सञ्चालक हरी वलीले बताए । पुस र माघ महिनामा हिमपात नभएको ३ हजार ८ सय ४२ मिटर उचाइमा रहेको कालिञ्चोक क्षेत्रमा फागुन १६ गते बेलुका पहिलोपटक हिमपात भएको थियो भने शनिबार बिहानैदेखि हिमपात भइरहेको छ ।
यस्तै, शैलुङ क्षेत्रमा पनि शुक्रबारदेखि हिउँ परिरहेको स्थानीयले बताएका छन् । जिल्लाका पर्यटकीय स्थल कालिन्चोक, शैलुङ, चेर्दुङ, खरीढुङ्गा लगायतका स्थानमा हिमपात हुँदा पर्यटकहको वृद्धि हुने गरेको । हिमपात नहुँदा हिमाली क्षेत्रका कृषक तथा होटल व्यवसायी चिन्तित बनेका थिए ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १७ फाल्गुन २०८१, शनिबार १३:०८
कर्णाली विकास बैंकको रमक हिनामिना आरोपमा संस्थापक अध्यक्ष राय पक्राउ

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

थाइल्याण्डकी ओपललाई मिस वर्ल्ड २०२५ को उपाधि

पीएसजीलाई पहिलो पटक च्याम्पियन्स लिगको उपाधि

‘धुम्रपानरहित दिवश’को अवसरमा एनसीएनपी र केसीसीको संयुक्त आयोजनामा प्रभातफेरी (फोटो फिचरसहित)

मधु क्षेत्रीद्वारा निःशुल्क विद्यालय पोशाक वितरण
